पछिल्लो २४ घण्टामा दाङमा थप ५ जनामा कोरोना पुष्टि – Kanika Khabar
Friday, April 26Nepali News Portal

पछिल्लो २४ घण्टामा दाङमा थप ५ जनामा कोरोना पुष्टि

    मा प्रकाशित

भदौ १७, दाङ ।
पछिल्लो २४ घण्टामा दाङमा थप ५ जना कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा २५ जनाको पिसिआर र ४ जनाको एन्टिजेन परिक्षण गर्दा २ जना महिला र ३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

आज कोरोना पुष्टि हुनेमा घोराहीका ३, बबई र गढवाका १र१ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

त्यस्तै वितेको २४ घण्टाका दाङमा १५ जना कोरोना मुक्त भएका छन् । कोरोनामुक्त हुनेमा घोराहीका ८ जना, तुलसीपुर र लमहीका ३र३ जना र राप्तीका एक जना रहेको केन्द्रले जनाएको छ ।

आज थप १५ जना कोरोना मुक्त भएसँगै दाङमा सक्रिय संक्रमितको संख्या ८८ मा झरेको छ । ति मध्ये ८४ जना होम आईसोलेसनमा, अक्सिजन सहितको उपचारमा ४ जना र १० जना आईसियूमा रहेको केन्द्रले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्