कोरोना विरुद्धको खोप गर्भवती र सुत्केरीलाई पनि सुरक्षित : विज्ञ – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

कोरोना विरुद्धको खोप गर्भवती र सुत्केरीलाई पनि सुरक्षित : विज्ञ

    मा प्रकाशित

भदौ २०, दाङ ।
कोरोना विरुद्धको खोप गर्भवती र सुत्केरीलाई पनि सुरक्षित रहेको विज्ञले बताएका छन् । उनीहरुलाई खोप सुरक्षित हुने भनिए पनि कहिले खोप दिने भन्ने बारे निर्णय भइसकेको छैन ।

निर्णय नभए पनि स्वास्थ्य मन्त्रालयले भने अब गर्भवती र सुत्केरीलाई प्राथमिकतामा राखेर खोप दिने तयारी थालिसकेको छ । यसअघि गर्भवती र सुत्केरीलाई खोप नलगाउन आग्रह गरिएको थियो । तर, अहिले जोखिमको आधारमा कोरोना भाइरसविरुद्धको खोप दिनुपर्छ भनेर सिफारिस भएकाले गर्भवती तथा स्तनपान गराइरहेका महिलालाई पनि खोप दिने तयारी गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले बताउनुभयो ।अहिलेसम्म जोखिममा रहेका समूहलाई खोप दिइएको र अब १२ देखि १८ वर्षका उमेर समूहमा खोप दिने तयारी भएको मन्त्रालयले जनाएको छ। यस्तै, मन्त्रालयले नेपालमा बस्ने जुनसुकै देशका नागरिकले पनि खोप पाउने स्पष्ट पारेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्