बंगलादेशविरुद्ध नेपाल २—१ गोल अन्तरले विजयी – Kanika Khabar
Friday, April 26Nepali News Portal

बंगलादेशविरुद्ध नेपाल २—१ गोल अन्तरले विजयी

    मा प्रकाशित

भदौ २४, दाङ ।
बंगलादेशविरुद्धको मैत्रीपूर्ण फुटबलमा नेपाली महिला टोली २—१ गोल अन्तरले विजयी भएको हो ।

पहिलो पटक दशरथ रंगशालामा उत्रिएको नेपाली महिला टोलीले विजयी शुरुवात गरेको हो । नेपालको जितका लागि राष्ट्रिय टोलीमा डेब्यु गरेका सविता राना मगर र प्रीति राईले १/१ गोल गरेका हुन् ।

खेलको १४ औँ मिनेटमा गोल गर्दै सविताले नेपाललाई अग्रता दिलाइन् । खेलको २४ औँ मिनेटमा प्रिती राईले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएकी थिइन् ।
दोस्रो हाफको ८३ औँ मिनेटमा परिवर्तित खेलाडी तोहोरा खातुनले जवाफी गोल गर्दै २—१ को स्थितिमा पुर्‍याएकी थिइन् ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्