लमही नगर प्याब्सनकाे अध्यक्षमा : भुषाल – Kanika Khabar
Saturday, April 27Nepali News Portal

लमही नगर प्याब्सनकाे अध्यक्षमा : भुषाल

    मा प्रकाशित

भदाै २९, दाङ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) लमही नगरकाे दाेस्राे अधिवेशनबाट अध्यक्षमा नारायण भुषाल चयन भएका छन् ।
त्यस्तै सचिवमा लाेकमान रिजाल, कोषाध्यक्षमा र कान्तप्रसाद चाैधरी सर्वसम्मत चयन भएका हुन् ।
साथै सदस्यहरूमा गाेविन्द खनाल र गणेषप्रसाद काेइराला चयन भएका छन् ।

नगर अध्यक्ष राजु यादवकाे अध्यक्षता तथा प्याब्सनका केन्द्रीय सल्लाहकार नारायण अधिकारीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा, प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार जीवनकुमार आचार्य ,प्याब्सन केन्द्रीय सदस्यहरू केशब थापा , यादव गिरी, प्याब्सन लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष महेन्द्र अधिकारी, प्याब्सन दाङका सल्लाहकार विनय कुमार मिश्र, प्याब्सन दाङका अध्यक्ष रेशम बुढा, राप्ती गाउँपालिका प्याब्सनका कार्यबहाक अध्यक्ष तेज विस्ट लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

नगर सदस्य लाेकमान रिजालकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण सचिव नारायण भुषालले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्