आज थप ४४ लाख मात्रा कोरोनाविरुद्धको खोप काठमाडौँ आउँदै – Kanika Khabar
Friday, April 26Nepali News Portal

आज थप ४४ लाख मात्रा कोरोनाविरुद्धको खोप काठमाडौँ आउँदै

    मा प्रकाशित

असोज १, दाङ ।
थप ४४ लाख मात्रा कोरोनाविरुद्धको खोप लिएर नेपाल वायुसेवा निगमको जहाज आज काठमाडौँ आउँदैछ । निगमको जहाज गएराति ११ बजे बेइजिङ गएको र आज दिउँसो २ बजे काठमाडौँ आउने महाप्रबन्धक डीमप्रकाश पौडलले बताउनुभयो ।

यो खोप यही असोज ४ गतेदेखि लगाउने तयारी सरकारको छ । नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या भने १ करोड १५ लाख नाघेको छ । हालसम्म नेपालमा ६० लाख ५७ हजार १ सय ९४ जनाले पहिलो मात्रा लगाएका छन् भने ५४ लाख ७३ हजार १ सय ५१ जनाले पूर्ण मात्र लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमण दर घटे पनि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर थप ११ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार २ पुगेको हो । गत २४ घन्टामा देशभर थप १ हजार ५ सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने १ हजार ६ सय ८९ जना स्वस्थ भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्