एमालेको स्थायी कमिटीमा महाधिवेशनमा प्रस्तुत हुने प्रस्तावमाथि छलफल सुरु – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

एमालेको स्थायी कमिटीमा महाधिवेशनमा प्रस्तुत हुने प्रस्तावमाथि छलफल सुरु

    मा प्रकाशित

असोज ३, दाङ ।
नेकपा एमालेको स्थायी कमिटी बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने तीनवटा प्रस्तावमाथि छलफल सुरु भएको छ । तुलसीलाल अमात्य प्रतिष्ठानमा सुरु भएको बैठकमा राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमा छलफल भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । तीनवटै प्रस्तावको स्थायी कमिटी सदस्यले अध्ययन गरेर सुझाव दिने क्रम सुरु भएको छ ।

 

आजको बैठकमा अमृतकुमार बोहोरा, केशव बडाल, पुष्प कँडेल, घनश्याम भुसाल र युवराज ज्ञवालीले आफ्ना विचार राखेका थिए । अर्को बैठक सोमबार एक बजे बस्ने छ । सोमबारको बैठकमा बाँकी स्थायी समिति सदस्यहरुले आफ्नो सुझाव राखेर तीनवटै प्रतिवेदनलाई आवश्यक सुझावका आधारमा परिमार्जन गरेर असोज ८ र ९ गते बस्ने केन्द्रीय कमिटीमा अनुमोदनका लागि पेश गर्ने तयारी छ । केन्द्रीय बैठकमा आएका सुझावलाई समेत समेटेर ती प्रस्ताव विधान महाधिवेशनमा पेश हुनेछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्