कालिकोटको खाँडाचक्रका २४ घर पहिरोको जोखिममा – Kanika Khabar
Saturday, April 27Nepali News Portal

कालिकोटको खाँडाचक्रका २४ घर पहिरोको जोखिममा

    मा प्रकाशित

हस्त चौलागाँई
असोज ४, कालिकोट ।
कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका–८ दशाला लुवारवाडा टोलका २४ घर पहिरोको जोखिममा परेका छन् ।वातावरणीय र जोखिमको नक्साङकनबिना स्काभेटरले धमाधम सडक खनेपछि लुवार गाउँको फेदीका २४ घर पहिरोको जोखिममा परेका हुन् । विगतदेखि नै बर्खाको समयमा पहिरोको पीडा लुवारबाडाका स्थानीयले भोगिरहेका थिए ।

 

गएको माघ महिनामा वडाले जोखिम गाउँको मुनिबाट सडक खनेपछि २४ घरको जमिन भासिएर घर फाट्नुका साथै बस्तीनै बगिरहेको छ । अहिले पनि पहिरो बगिरहेका कारण २४ घरका परिवारका सदस्य राति घरमा सुत्न डराएर लेखतिर गाईगोठमा जाने गरेको स्थानीय जगे नेपालीले बताउनुभयो ।

 

वडाले राति डोजर लगाएर बाटो खनेपछि बस्ती जोखिमा परेको र तीन पटक प्रहरी मुचुल्का गरेर लिए पनि हालसम्म कुनै निकायबाट सुनुवाइ नभएको स्थानीयको गुनासो छ । खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेले भने प्रहरीको मुचुल्कागरी आएमा नगरपालिकाले जोखिममा रहेका नागरिकको उद्धारका लागि पहल गर्ने बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्