लामो दूरीका सवारीसाधनको भाडादर बढाइयो – Kanika Khabar
Friday, April 26Nepali News Portal

लामो दूरीका सवारीसाधनको भाडादर बढाइयो

    मा प्रकाशित

असोज ११, दाङ ।
सरकारले लामो दूरीका यातायातमा भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले विभिन्न स्थानबाट सञ्चालन हुने लामो दूरीका यातायातमा भाडादर वृद्धि गरेको हो । दसैँ तथा नजिकिँदै गरेका अन्य चाडबाडमा घर फर्कने यात्रुहरूलाई लक्षित गरी सरकारले नयाँ भाडादर कायम गरेको हो ।

टिकट काट्न जाँदा सरकारले निर्धारण गरेको भाडादर बुझेर टिकट काट्न जान अनुरोध गरिएको छ ।

विभागले सार्वजनिक सवारी साधनको प्रकारका आधारमा भाडादर कायम गरिएको बताएको छ । गतवर्षको भाडादरभन्दा यो वर्ष भाडादर थप महङ्गो बनाइएको छ । यात्रुबाहक सवारी साधनमा २८ प्रतिशत, पहाडी सडकमा सञ्चालन हुने मालवाहक सवारी साधनमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा २६ प्रति भाडादर बढाइएको छ ।

सरकारले तोकेकोभन्दा बढी भाडादर नतिर्न विभागले यात्रुहरूलाई आग्रह गरेको छ । तोकिएको भन्दा बढी भाडा लिएमा यात्रु सहायता कक्ष तथा प्रहरीलाई खबर गर्न सकिनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्