दशैँमा प्याजको अभाव हुँदैन : सरकार – Kanika Khabar
Saturday, April 27Nepali News Portal

दशैँमा प्याजको अभाव हुँदैन : सरकार

    मा प्रकाशित

असोज १३, दाङ ।
यो वर्ष दशैँको लागि प्याजको अभाब नहुने बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

हरेक वर्ष चाडवाड नजिकिएसँगै प्याजको अभाव हुने तथा मूल्यमा दोब्बर बृद्धि हुने गरेको थियो । यसपटक भने प्याज पर्याप्त मौज्दात रहेकाले अभाब नहुने विभागले बताएको हो । नेपालमा प्याजको नियमित आपुर्ती गर्ने प्याज व्यवसायीहरुसँग नियमित सम्पर्कमा रहेको र उनीहरुले प्याजको माौज्दात पर्याप्त रहेको बताइएको छ ।

नेपालमा करिब तीन लाख मेट्रिक टनको हाराहारीमा प्याजको उत्पादन हुने सरकारी तथ्याङ्क छ ।

यो नेपालको कुल खपतको करिब ३५ देखि ४० प्रतिशत मात्र हुन आउँछ । बाँकि भने भारत र चीनबाट प्याजको नियमित आयात गरिने विभागले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्