नेपाली काँग्रेसको थप ३ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्गियो – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

नेपाली काँग्रेसको थप ३ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्गियो

    मा प्रकाशित

असोज १३, दाङ ।
नेपाली काँग्रेसले १४औँ महाधिवेशनअन्तर्गत थप तीन जिल्लाको क्रियाशील सदस्यताको विवाद टुङ्ग्याएको छ । काँग्रेसले धनुषा, सर्लाही र कैलालीको सदस्यता विवाद टुङ्ग्याएर विवरण सार्वजनिक गरेको हो। नेता कृष्ण सिटौला संयोजकत्वको विवाद समाधान कार्यदलले विवाद समाधान गरेर केन्द्रीय निर्वाचन समितिलाई विवरण बुझाएको हो ।

विवरण उपलब्ध भएसँगै काँग्रेस केन्द्रीय कार्यालयले सदस्यता विवरण वेबसाइटमार्फत् सार्वजनिक गरेको छ। निर्वाचन समितिले पछिल्लो समय विवरण उपलब्ध भएका आठमध्ये हिमाली जिल्ला डोल्पामा मात्र निर्वाचनको प्रक्रिया सुरु गरेको छ ।

यसअघि सार्वजनिक भएको सुर्खेत, महोत्तरी, सिराहा र बाँके, आज सार्वजनिक भएका तीन जिल्ला र बाँकी पाँच गरी १२ जिल्लाका लागि सबै विवरण उपलब्ध भएपछि मात्र कार्यतालिका हेरफेर गरेर एकमुष्ट निर्वाचन गरिने निर्वाचन समितिले जनाएको छ ।

अब क्रियाशील विवाद टुङ्गो लाग्न बाँकी जिल्लामा बारा, पर्सा, रौतहट, सप्तरी र रसुवा रहेका छन् । काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले असोज ९ भित्र सबै जिल्लाको विवाद टुङ्गो लगाउने सहमति गरेको थियो। तर, हालसम्म विवाद बाँकी छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्