नेकपा एकीकृतका अध्यक्ष नेपालको स्वास्थ्य सुधार हुँदै – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

नेकपा एकीकृतका अध्यक्ष नेपालको स्वास्थ्य सुधार हुँदै

    मा प्रकाशित

असोज १४, दाङ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ । ज्वरो र खोकीले गर्दा स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई हिजो त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो । अध्यक्ष नेपालको निजी सचिवालयका अनुसार अहिले उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।

चिकित्सकले केही दिन आरामसहित उपचार गर्नुपर्ने सल्लाह दिएका छन् ।पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दाससहितको टोली संलग्न छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्