प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष २०७७ / ७८ को बजेट पारित – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष २०७७ / ७८ को बजेट पारित

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २८, काठमाडौं

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष २०७७ / ७८ को बजेट (विनियोजन विधेयक) पारित भएको छ । सभामुख अग्नि सापकोटाले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको छ ।

आज बजेटमाथि उठेका प्रश्नको प्रधानमन्त्री केपीशर्मा ओलीले नै जवाफ दिनुभएको छ । विभिन्न सांसदले गरेको खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । गत जेठ १५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको थियो ।

जसमा नौ खर्ब ४८ अर्ब चालु खर्चका लागि छुट्याइएको छ । त्यस्तै पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब र वित्तीय व्यवस्थापनतर्फ एक खर्ब ७२ अर्ब छुट्याइएको छ । बजेटले आगामी आर्थिक वर्ष सात प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्