अफगानिस्तानको विषयमा विश्वका विभिन्न मुलुकले वार्ता गर्ने – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

अफगानिस्तानको विषयमा विश्वका विभिन्न मुलुकले वार्ता गर्ने

    मा प्रकाशित

तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेको डेढ महिनापछि विश्वका विभिन्न मुलुकले वार्ता गर्ने भएका छन् । अन्तर्राष्ट्रिय वार्तामा सहभागि हुनका लागि रूसले चीन, भारत, ईरान,पाकिस्तान र तालिबानलाई निमन्त्रणा पठाएको छ ।

 

बीबीसीले लेखे अनुसार वार्ता यसै महिनाको २० तारिखमा हुने भएको हो । अफगानिस्तानमा रूसका दूत जामिर काबुलोवले यस विषयमा जानकारी दिनुभएको हो । जामिरले मस्कोमा हुने अफगान वार्तामा कुन कुन विषयमा छलफल हुने हो भन्ने टुङ्गो लागि नसकेको पनि बताउनुभयो ।

 

मस्कोमा हुने जी २० मुलुकको १२ अक्टुबरमा हुने सम्मेलनमा पनि अफगानिस्तानको विषयमा पनि छलफल हुने बताइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्