गीतकार प्रियासनलाई उत्सर्ग सिर्जना पुरस्कार – Kanika Khabar
Friday, April 26Nepali News Portal

गीतकार प्रियासनलाई उत्सर्ग सिर्जना पुरस्कार

    मा प्रकाशित

दाङ, २५ असोज । उत्सर्ग फिल्मस् नेपालले संचारकर्मी एवं गीतकार सबिन प्रियासनलाई उत्सर्ग सिर्जना पुरस्कार प्रदान गर्ने भएको छ । कला, संचार एवं साहित्यको माध्यमबाट नेपाली समाजको रुपान्तरणमा विशिष्ट योगदान पुर्‍याएकोले प्रियासनलाई पुरस्कार प्रदान गरिएको उत्सर्ग फिल्मस् नेपालका अध्यक्ष के एल पीडितले बताउनु भयो ।

नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष प्रियासन दुई दशकदेखि कला, साहित्य एवं संचार क्षेत्रमा क्रियाशील हुनुहुन्छ । रोदनपछि, भूमरी, पुनरागमन, पल्लवी, सहनशीला, लक्की चार्म, सेल्फी, एयरहोस्टेज, लकडाउन लभ १० वटा उपन्यास, । सपनाभित्रको सपना (कथा संग्रह) र सम्पादकीय (लेख संग्रह) गरी साहित्यकार प्रियासनका १२ वटा कृति प्रकाशित छन् । दाङबाट प्रकाशित गणतन्त्र राष्ट्रिय दैनिकका प्रकाशक/सम्पादक प्रियसन चलचित्र परशुरामको कार्यकारी निर्माता हुनुहुन्छ । उहाँका ७ वटा गीतहरु रेकर्ड भएका छन् । सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय प्रियासन जनसेवा पदकबाट विभुषित हुनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्