सांसद चाैधरीद्वारा बडा दशैँकाे शुभकामना – Kanika Khabar
Friday, April 26Nepali News Portal

सांसद चाैधरीद्वारा बडा दशैँकाे शुभकामना

    मा प्रकाशित

शिवु खनाल
देउखुरी, २८ असाेज।
प्रतिनिधिसभा सदस्य मेटमणी चाैधरीले नेपालीहरुको महान् चाड बडा दशैं –२०७८ काे अवसरमा सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।
चाैधरीले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदी बहिनीहरूमा महान चाड बड़ा दशै, दिपावली, छठ पर्वकाे अवसरमा शुभकामना व्यक्त गर्नुभएको हाे ।

नेकपा (एकीकृत समाजवादी) नेता समेत रहनु भएका मेटमणि चौधरीले देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनीहरुमा बडा दशैकाे अवसरमा सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना ब्यक्त गर्दै समाजिक दुरी कायम गरी सतर्कता अपनाइ तडकभडक नगरी दशै मनाऔ अनुरोध गर्नुभएको हाे।

यसवर्ष पनि बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव परेको बताउदै कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन हामी स्वयं आफ्नो स्वास्थ्य प्रति सजग हुनु पर्ने बताउनुभयो । पर्वहरुकाे अवसरमा सुख, शान्ति र समृद्धिका साथै आपसी सद्भाव र भाइचाराको विकासबाट समृद्ध, समुन्नत र सभ्य समाजको आकांक्षा पूरा होस् भनी सदस्य चाैधरीले हार्दिक शुभकामना व्यक्त गर्नुभएको हाे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्