‘आमा’ सपना देख्न पनि पावरवाला चश्मा चाहिँदो रहेछ – Kanika Khabar
Saturday, June 27Nepali News Portal

‘आमा’ सपना देख्न पनि पावरवाला चश्मा चाहिँदो रहेछ

    मा प्रकाशित

‘आमा’ सपना देख्न पनि पावरवाला चश्मा चाहिदो रहेछ ,
आमा उजाड मरुभुमिमा, भिडहरुमा एक्लिएको म
गतिलो सपना देख्न पनि भल भल आसुँ झारेर रुनु पर्दोरहेछ ,,
गतिलो सपना पनि
दुष्ट भ्रस्टहरुबाट बचाउन धेरै लामो सङ्घर्ष गर्नुपर्दो रहेछ
अनि सहरमा भेटिने फुटपाथेहरुसित हात मिलाएर
रहरले होइन बाध्यताले
आफ्नो सपनाको लाज ढाक्नु पर्दोरहेछ ,
समाज सिधा हिँड्दैन आमा
समाज निस्वार्थी हुँदैन आमा
स्वार्थी हुन्छ
शक्तिको पूजारी समाज हो आमा
आमा
तिमीले पनि ठूलो सपना देखेकी थियौ ,
तिमीले पनि ठूलो सपना देख्दा प्रसव पीडा भोगेकै थियौ
बार बार रोएकै थियौ
बार बार चिच्याएकै थियौ
त्यो दर्दमा चिच्याउदा तिमीलाई कसैले पागल आईमाई पनि भने होलान् ।
आज म पनि सपना देखिरहेको छु आमा
तर सपना स्वार्थीहरुको जमातमा बचाउनुछ
दानवहरुको भिडमा बचाउनुछ
आसुमा दलाली गर्ने दलालहरुको बिचमा सपना जोगाउनुछ
आमा
म सपनाको संसारमा बाँच्न सकेन त्यसैले तिमीदेखि टाढा छु
बिपनाको अस्तव्यस्ततामा पनि हास्न सकेन त्यसैले म एक्लिएको छु
आमा तिमी
केराको पातले छाता ओढेर आकाशका तारा नगन्नु
तारा झरेर तिमीलाई झन रुवाउन सक्छन
आमा तिम्रो पीडा म बुझेको छु तर बुझेर पनि बुझ पचाएको छु
आमा जति पीडाका आँसु बगे पनि धोतीको टुप्पाले आँसु पुछ्नु
तिम्रो आँसु बेचेर दलालहरुले दलाली गर्नेछन् ,
त्यसैले आँसु पनि जोगाएर राख्नु है आमा
आमा जहाँ पृथ्वी छ त्यहाँ सूर्य छ ,
जहाँ म छु त्यहाँ तिम्रो धड्कन छ
आमा सपना बुनेर सधैं नरुनु किन कि तिम्रो सपना गिद्दहरुले लुछ्न सक्छन्
आमा आसु सधैं नबगाउनु ब्वाँसाहरुले जुस बनाएर तिम्रो आँसु पिउन सक्छन्
त्यसैले
आमा तिम्रो आँसु त पुछ्न सकेन तर तिमीजस्तै सयौ आमाहरुको आँसु पुछ्नेछु
आमा तिमीजस्तै सयौ आमाहरुको सपना पूरा गरी आउनेछु ।

*******

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्