गृहमन्त्रालयबाट प्रजिअसहित सह र उपसचिवको सरुवा – Kanika Khabar
Saturday, April 27Nepali News Portal

गृहमन्त्रालयबाट प्रजिअसहित सह र उपसचिवको सरुवा

    मा प्रकाशित

कात्तिक १, दाङ ।
गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा तानिएको छ । रिजालको स्थानमा सहसचिव किरण थापालाई पठाइएको छ ।

सहसचिव जगन्नाथ पन्तलाई पाल्पाको सीडीओको जिम्मेवारी दिएर सरुवा गरिएको छ । यसअघि पाल्पाका प्रमुख जिल्ला अधिकारी रहेका योगेन्द्रप्रसाद पाण्डेको दशैं अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको थियो ।

गृह मन्त्रालयका सहसचिव हरिप्रसाद घिमिरेलाई अर्घाखाँची सरुवा गरिएको छ । अर्घाखाँचीका प्रजिअ विष्णु पौडेललाई गृह मन्त्रालयमा तानिएको छ ।

गत असोज ३१ गतेको मन्त्रीस्तरीय निर्णयबाट सीडीओहरुको काज सरुवा गरिएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्