दाङमा वर्षाकाे असर : काटेकाे धान खेतमै, ठाउँ ठाउँमा सवारी आवागमन अवरुद्ध – Kanika Khabar
Saturday, April 27Nepali News Portal

दाङमा वर्षाकाे असर : काटेकाे धान खेतमै, ठाउँ ठाउँमा सवारी आवागमन अवरुद्ध

    मा प्रकाशित

हेमराज शर्मा                                                                    कार्तिक १, दाङ । दाङमा हिजाे आइतवारदेखि परेको वर्षाका कारण पाक्नै लागेको धानबालीमा क्षति भएको छ । पाकेको धान पानीले नोक्सान पारेपछि किसान चिन्तित भएका छन् ।

लगातारको वर्षाले घोराही र तुलसीपुर क्षेत्रमा खेतमा पाकेको धानमा क्षति गरेको छ । पानीले खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको छ । धेरै ठाउँमा किसानले धान काटेको दुई दिनमा खेतमा पानी भरिएको छ । धेरै किसानको खेतमा पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको छ ।

यस्तै वर्षाका कारण दाङका खोला तथा नदीहरूमा पानीको बहाव बढेको छ । दाङकोे पातु खोला, ग्वार खोला, बबई नदी लगायतका खोलामा पानीकाे बहाव बढेको हो ।

घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत पत्रे खोलामा आएको बाढीका कारण साना सवारी साधन आवागमनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ठूला सवारी साधन आवतजावत गरे पनि मोटरसाइकल, अटो, टेम्पोहरू खोलामा आएको बाढीका कारण रोकिएका छन् ।

यस्तै वर्षाका कारण पहिरो गएपछि दाङ–प्युठान सडक खण्ड बन्द भएको छ । भालुवाङ–प्युठान सडकअन्तर्गत प्युठानको बडडाँडादेखि देवीस्थानसम्म पहिरो जाँदा सडक बन्द भएको छ । सडक बन्द भएपछि दाङको भालुवाङ हुँदै प्युठान र रोल्पा जाने/आउने गाडी रोकिएका छन् । लगातार पानी परेको हुनाले पहिरो हटाउन समय लाग्ने जिल्ला प्रहरीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्