गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध मूर्ती स्थापना गरिदै – Kanika Khabar
Saturday, April 27Nepali News Portal

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध मूर्ती स्थापना गरिदै

    मा प्रकाशित

कार्तिक ६, दाङ ।
गौमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा साढे दुई अर्ब रुपैयाँ मूल्यको बुद्ध मूर्ती राखिने भएको छ । १८ सय किलोग्राम तौलको मुर्तीबहुमूल्य धातु ‘ह्वाइट जेड स्टोन’बाट बनेको छ । बुद्धको मूर्ति म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले स्पेनको लुम्बिनी गार्डेन फाउण्डेशनलाई दिएको हो ।

६ महिना लगाएर भिक्षुहरुले कुदेको बुद्ध मूर्ती लुम्बिनी गार्डेन फाउण्डेशनले नेपाल सरकारलाई निःशुल्क हस्तान्तरण गरेको हो ।फाउण्डेसनले म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट भैरहवा ल्याएको हो । उक्त मूर्तीलाई आज भैरहवा बजार परिक्रमापश्चात गौतमबुद्ध विमानस्थलमा ल्याएर राखिएको छ ।

एक हजार ८ सय किलोग्राम तौल, १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको बुद्ध मूर्तिको कात्तिक १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गर्ने कार्यक्रम रहेको छ । म्यान्मारबाट नेपाल ल्याउँदा लाग्ने ढुवानी खर्च भने फाउन्डेसनले व्यहोरेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्