मेरी आमा – Kanika Khabar
Thursday, May 21Nepali News Portal

मेरी आमा

    मा प्रकाशित

हो मेरी आमा
उनै हुन् मेरी आमा
दुःखले घेरिएकी
सङ्घर्षमा नथाकेकी
कामको थकानले लथरान्न परेकी
कतै उकाली अनि ओरालीमा भेटिने
झुत्रेझाम्रे पहिरन गरेकी
हो तिनै हुन मेरो आमा ।

जसले आफ्नो पेट भोकै राखिन
मलाई पेटभरि खान दिइन्
आफू रोएर पनि मलाई हसाइन्
अनि आफ्ना दुःख मेरा खुसीसँग साटिन्
हो तिनै हुन् मेरो आमा

अरुको भन्दा केही फरक
यस मानेकी
मेरो आमा आमा मात्र होइनिन्
मेरो बाबामा पनि हुन् ।
कमै आमालाई अवसर आउँछ आमा र बाबा बन्न
त्यही अवसर पाएकी हुन् मेरी आमा
हो तिनै हुन् मेरी आमा

त्यसैले त मेरी आमा भगवान् हुन्
एउटी देवी हुन्
मेरा सफलताकी भण्डार हुन्

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्