काङ्ग्रेसले सरकारको ध्यानाकर्षण गराउन असार २ गते स्वदेश र विदेशबाट एक साथ कार्यक्रम गर्ने – Kanika Khabar
Saturday, April 20Nepali News Portal

काङ्ग्रेसले सरकारको ध्यानाकर्षण गराउन असार २ गते स्वदेश र विदेशबाट एक साथ कार्यक्रम गर्ने

    मा प्रकाशित

कनिका डेस्क

जेठ २९, दाङ ।

प्रमुख प्रतिपक्षी दलकोरोनाका कारण विकराल बन्दै गएको परिस्थिति बारे सरकारको ध्यानाकर्षण गराउन सामाजिक दूरी कायम गर्दै असार २ गते स्वदेश र विदेशबाट एक साथ कार्यक्रम गर्ने भएकाे छ ।

विज्ञप्तिमा भनिएकाे छ, `नेपाल लगायत पूरै विश्व अहिले कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित र प्रताडित छ । कोरोना विरुद्धको संघर्षका क्रममा सरकारले समयमै गम्भीरता नराख्दा यो महामारीको जोखिम अप्रत्याशित रुपमा तिव्र गतिमा बढ्दै जाने सम्भावना देखिन्छ । ´ त्यसैगरी विज्ञप्तिमा लक डाउन भएको ८० औं दिनसम्म पनि आम नागरिकहरुमा सन्त्रास बढ्दै जानु, जनशक्ति र स्वास्थ्य सामग्रीको अपर्याप्ता देखाएर पिसिआर परीक्षण सुस्त गतिमा गरिनुु, मानवीय संवेदनशीलताको ख्याल नगरी मापदण्ड विपरीतका क्वारअन्टिनहरु निर्माण गरी क्वारअन्टिन नै संक्रमण बढाउने कारखाना बन्दै गएकाेप्रति आपत्ति जनाइएकाे छ ।

त्यसैगरी दिनानुदिन धरासायी बन्दै गइरहेको कृषि, पर्यटन र उद्योग व्यवसायलाई पुर्नउत्थानका लागि राहतको कुनै कार्यक्रम नल्याउनु, रोजगारी सिर्जनाको लागि खासै योजना, नीति तथा कार्यक्रम नल्याइनु, श्रमिक, वेरोजगार, विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, एकल महिला र गर्भवतीहरुलाई राहत एवं कुनै पनि विशेष कार्ययोजना ल्याउन नसक्नु, लकडाउनको कारण स्कूल कलेज बन्द भई विद्यार्थीहरुको शैक्षिक भविष्य अन्यौल भएको बेला गम्भीर रुपमा राष्ट्रिय विमर्शका साथ ठोस दृष्टिकोण र आवश्यक कार्ययोजना निर्माण गर्न सरकार असफल भएकाे अाराेप विज्ञप्तिमा छ ।

कोरोना महामारीको सन्दर्भमा सरकारको गैर जिम्मेवारपन, अर्कमण्यता, असक्षमता र भ्रष्टाचारको विरुद्धमा स्वदेश र विदेशबाट एकसाथ २०७७ असार २ गते सामाजिक दूरी कायम गर्दै कोरोनाका कारण विकराल बन्दै गएको परिस्थिति बारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै विशेष ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्