अमेरिकामा कोरोना भाइरस कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या २० लाख ७२ हजार नाघ्यो – Kanika Khabar
Tuesday, April 21Nepali News Portal

अमेरिकामा कोरोना भाइरस कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या २० लाख ७२ हजार नाघ्यो

    मा प्रकाशित

कनिका डेस्क
जेठ २९, दाङ

अमेरिकामा कोरोना भाइरस कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या २० लाख नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार आजसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या २० लाख ७२ हजार २ सय ७३ पुगेको छ ।

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख १५ हजार २ सय ९१ रहेको छ । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या भने ४ लाख २० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार १६५ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख २० हजार ५ सय १७ पुगेको छ ।

विश्वका २ सय १३ मुलुक र २ पानीजहाजमा गरी संक्रमित हुने मानिसको संख्या ७४ लाख ४६ हजार नाघेको छ । ३८ लाख १५ हजारभन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्