ओमिक्रोनको सङ्क्रमणको जोखिम विश्वभर नै सचेत रहन डब्लुएचओेको चेतावनी – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

ओमिक्रोनको सङ्क्रमणको जोखिम विश्वभर नै सचेत रहन डब्लुएचओेको चेतावनी

    मा प्रकाशित

मंसिर १४, दाङ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको उत्परिवर्तित स्वरूप ओमिक्रोन सङ्क्रमण विश्वभर नै बढ्ने जोखिम उच्च रहेको चेतावनी दिएको छ । यसले विश्वमा गम्भिर परिणामहरु निम्याउन सक्ने पनि डब्लुएचओले जनाएको छ ।

 

डब्लुएचओका संगठन प्रमुख डाक्टरटेड्रोस अधानोम गेब्रेयससले गरिब राष्ट्रहरूलाई खोपहरू उपलब्ध गराउन विश्वव्यापी रूपमा आह्वान गर्दै सबै राष्ट्र बेलैमा सचेत रहनपर्ने बताउनुभएको छ । एकपटक कोभिड भएकाहरुलाई पनि पुनः यसको सङ्क्रमणको हुने पनि डब्लुएचओ छ , यसले गर्दा कोरोना सङ्क्रणको दर उच्च रुपले बढ्नसक्ने आंकलन डब्ल्यूएचओले गरेको छ ।

 

डाक्टर टेड्रोसले विश्वभरका वैज्ञानिकहरूले नयाँ संस्करणको महामारी फैलन सक्ने जोखिम, पुनः सङ्क्रमणको जोखिम र खोपहरूमा कसरी प्रतिक्रिया दिन्छ भन्ने कुरा पत्ता लगाउने काम अहिले भइरहेको पनि बताउनु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्