आजबाट राप्रपाको महाधिवेशन सुरू – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

आजबाट राप्रपाको महाधिवेशन सुरू

    मा प्रकाशित

कुल १९९ सदस्य कार्य समितिमा ७५ प्रतिशत अर्थात अध्यक्षसहित १४७ जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने बाँकी २५ प्रतिशत अर्थात् ५२ जना निर्वाचित कार्य समितिले मनोनित गर्ने राप्रपाको विधानमा व्यवस्था छ ।यस पटक राप्रपामा नेतृत्व परिवर्तनको आवाज चर्किएको छ । अध्यक्षका लागि नेता राजेन्द्रप्रसाद लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन् । वर्तमान अध्यक्ष थापा पनि अध्यक्षका दावेदारका रुपमा रहनु भएको छ ।नेपालगञ्जका मेयरसमेत रहेका डाक्टर धवलशम्शेर जबराको समर्थनमा उम्मेदवारी घोषणा गरेका लिङ्देनलाई पार्टीका एक जना अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले पनि समर्थन गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्