गोलाप्रथाद्वारा गठन भए ११ इजलास – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

गोलाप्रथाद्वारा गठन भए ११ इजलास

    मा प्रकाशित

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतको इतिहासमा पहिलोपटक गोलाप्रथाद्वारा ११ वटा इजलास गठन भएका छन् । पेसी व्यवस्थापन समितिका तर्फबाट बुधबार पहिलो पटक ११ इजलास गठन भएका छन् ।

एघार वटा इजलासमा २१७ मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ ।

सर्वोच्च अदालतको संशोधित नियमावलीले व्यवस्था गरे अनुसार वुधबार पहिलो पटक गोला तानेर इजलास गठन गरिएको हो ।

गोला प्रणाली लागू भए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ ।

नेपाल बारका महासचिव लिलामणि पौडेलका अनुसार, साढे १२ सम्म अदालत परिसरमा शान्तिपूर्ण धर्ना दिने कार्यक्रम छ ।

बारले जबराको राजीनामा नआएसम्म आन्दोलन नरोक्ने बताउदै आएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्