शतबीज छरी बालाचतुर्दशी पर्व मनाइदै – Kanika Khabar
Saturday, April 27Nepali News Portal

शतबीज छरी बालाचतुर्दशी पर्व मनाइदै

    मा प्रकाशित

आज बालाचतुर्दशी पर्व मनाइँदैछ । मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ । यसका लागि हिजो बेलुकी अर्थात त्रयोदशीदेखि नै दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी रातभर जाग्राम बस्ने चलन रहेको धर्मशास्त्रविद् डाक्टर रामचन्द्र गौतमले बताउनुभयो । रातभर जाग्राम बसेका भक्तजनले आज बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्नेगर्छन् ।

 

यस अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लागेको छ । पशुपतिमै जाग्राम बस्न धेरै मानिस आएकाले पशुपति क्षेत्र विकास कोषले पाललगायत व्यवस्था गरेको जनाएको छ । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्