बेइजिङमा हुने ओलम्पिक बहिष्कार गर्ने अमेरिकी घोषणाको चीनद्धारा निन्दा – Kanika Khabar
Tuesday, March 19Nepali News Portal

बेइजिङमा हुने ओलम्पिक बहिष्कार गर्ने अमेरिकी घोषणाको चीनद्धारा निन्दा

    मा प्रकाशित

अमेरिकाले, बेइजिङमा हुने ओलम्पिक बहिष्कार गर्ने घोषणा गरेपछि चीनले निन्दा गरेको छ । चीनले अमेरिकी निर्णयको निन्दा गर्दै गम्भीर परिणामको सामना गर्नु पर्ने चेतावनीसमेत दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

अमेरिकाले खेलकुदमा राजनीतिक तथस्टताको सिद्धान्तको उल्लङ्घन गरेको चीनले आरोप लगाएको छ । हिजो बेइजिङ ओलम्पिकमा कूटनीतिकस्तरमा अधिकारीहरुको टोली नजाने अमेरिकाले घोषणा गरेको थियो । तर अमेरिकी खेलाडीहरु भने सहभागी हुनेछन् र सरकारको पूर्ण समर्थन रहने ह्वाइट हाउसले स्पष्ट पारेको छ।गत महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले ओलम्पिकमा कूटनीतिक बहिष्कार सम्बन्धमा विचार गरिरहेको बताउनुभएको थियो ।

ह्वाइट हाउसका प्रवक्ता जेन साकीले हिजो कूटनीतिक बहिष्कारको निर्णय भएको जानकारी दिनुभएको हो । यसअघि सन् १९८० मा अमेरिकाले मस्को ओलम्पिक पनि बहिष्कार गरेको थियो भने सोभियत सङ्घले १९८४ मा अमेरिकाको लस एन्जल्समा भएको ग्रीष्मकालिन ओलम्पिक बहिष्कार गरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्