प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको उपाधि एपीएफलाई – Kanika Khabar
Thursday, May 2Nepali News Portal

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको उपाधि एपीएफलाई

    मा प्रकाशित

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । धनगढीमा आज भएको फाइनल खेलमा प्रदेश १ लाई ७ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो ।

 

फाप्ला क्रिकेट मैदानमा प्रदेश १ ले दिएको ६८ रनको लक्ष्य एपीएफले १४ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २० ओभरमा ६ विकेट गुमाएर ६७ रन बनाएको थियो ।उपाधि जितेको एपीएफले ५ लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता बनेको प्रदेश १ ले ३ लाख रुपैयाँ पाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्