नेपाल आइडलमा जम्दै देउखुरीकी चेली बिनिता चौधरी – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

नेपाल आइडलमा जम्दै देउखुरीकी चेली बिनिता चौधरी

    मा प्रकाशित

           शिवु खनाल
देउखुरी, २५ पुस।
नेपालको पहिलो रियालेटी सो नेपाल आइडलको मञ्च निकै मिठो स्वरको धनी बिनिता चौधरीले यतिबेला हंगामा मच्चाएकी छिन् । दाङ देउखुरीमा जन्मिएकी बिनिता चौधरीले नेपालको पहिलो रियालेटी सो नेपाल आइडलको मञ्चनै कब्जा जमाउन सफल भएकी छिन् । लमही नगरपालिका वडा नम्बर ७ वनघुस्रीमा जन्मिएकी चौधरीले निकै मिठो गित गाउँछीन् । उनले सानै देखि गित गाउथीन् तर उनले अहिलेसम्म संगितको कक्षा भने लिएकी छैनन् । विद्यालयमा हुने विभिन्न संगितका कार्यक्रममा पनि सहभागि भइ गित गाउथिन् ।
त्यती मात्रै होइन, संगित सिक्ने हो भने उनले सांगितिक क्षेत्रमा केहि गर्न सक्ने कुरामा दुइमत छैन । उनले आफु पछि गायीका बन्ने सपना देखेकी छन् । स्कुलमा साथीभाई, घरमा परिवारका सदस्य र शिक्षकहरुले पनि उनको स्वर निकै मन पराउछन् । घरबाट पनि उनलाई राम्रो सहयोग छ । सांगितक क्षेत्रमा करिब दशवर्षको उमेरबाट गित गाउन सुरु गरेको उनले बताइन् ।   
उनीमा गितमात्रै होइन, नाच्ने कला पनि उतिकै छ । उनले आफु संगित क्षेत्रमा प्रवेश गर्दा गर्दै आमा बुवाबाट पनि राम्रो सहयोग पाएको बताइन् । उनले भनिन्, ‘नेपाली आइडलको मञ्चमा पहिलो पटक पाइला टेकेको छु । अडिसन राउण्डसम्म मात्रै पुगिन्थ्यो भन्ने सोचेको थिए तर, अहिले टप ३० (पियानो)ं राउण्ड पुग्न सफल भए ।’
नेपाल आइडलको मञ्चमा बस्नु भएका तीनजना जजहरुबाट पनि उनलाई राम्रो सल्लाह सुझाव आउने गरेको बताइन् । जजहरुले तिम्रो स्वर एकदमै राम्रो छ भन्नुभएको छ । संगित क्षेत्रमा तिम्रो भविष्य छ । हामीले यो क्षेत्रमा सधै सहयोग गर्नेछौँ, जजहरुले भनेको कुरा गायिक बिनिता चौधरीले सुनाइन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्