प्रदेश २ को नाम र राजधानीका विषयमा आज मतदान हुँदै – Kanika Khabar
Tuesday, March 19Nepali News Portal

प्रदेश २ को नाम र राजधानीका विषयमा आज मतदान हुँदै

    मा प्रकाशित

माघ ३, जनकपुरधाम ।
प्रदेश २ को नाम र राजधानीको टुङ्गो लगाउन आज मतदान हुने भएको छ । त्यसका लागि प्रदेश सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । प्रदेशसभा बैठकमा प्रदेशको नामाकरण र स्थायी राजधानीसम्बन्धी अध्ययन गर्न गठित विशेष समितिले तयार गरेको प्रतिवेदनमा सहमति जुट्न नसकेपछि मतदान प्रक्रिया सुरु हुने भएको हो ।

 

गएको पुस १३ गते सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठिन समितिले हिजोको प्रदेशसभाको बैठकमा प्रतिवेदन पेस गरेको हो । समितिका सदस्य परमेश्वर साहले आज मतदानबाट नाम र राजधानीको बारेमा निर्णय हुने बताउनुभयो ।

 

 

समितिले प्रदेशको नामाकरणको लागि मधेस, जानकी, मध्य मधेस र मिथिला भोजपुरा अनि राजधानीको लागि जनकपुरधाम, वीरगञ्ज (पोखरीया नपा, सिम्रौनगढसम्म), र वीरगञ्ज नपाभरि गरी तीन वटा प्रस्ताव गरेको छ । प्रदेश सभामा कुल १ सय ४ सदस्यमा जसपाको ३९, काँग्रेसको १९, लोसपाको १६, एकीकृत समाजवादीका १३, माओवादीका ८ , एमालेका ८ र नेपाल संघीय समाजवादी पार्टीका एक जना प्रदेश सांसद छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्