स्नातकोत्तर गरिसकेका सम्पूर्ण दर्तावाला नर्सहरुलाई विशेषज्ञ दर्ता गराउन आग्रह – Kanika Khabar
Monday, May 6Nepali News Portal

स्नातकोत्तर गरिसकेका सम्पूर्ण दर्तावाला नर्सहरुलाई विशेषज्ञ दर्ता गराउन आग्रह

    मा प्रकाशित

काठमाडौं, माघ १६ ।
नेपाल नर्सिङ परिषदले नर्सिङका विभिन्न विधामा स्नातकोत्तर गरिसकेका सम्पूर्ण दर्तावाला नर्सहरुलाई विशेषज्ञ दर्ता गराउन आग्रह गरेको छ । परिषद्ले आइतबार सूचना जारी गरी यसबारे दर्ताका लागि आह्वान गरेको हो ।

सूचनामा २०७८ फागुन १ गतेदेखि चैत्र मसान्तसम्म अनलाइन फाराम दर्ता गर्न भनिएको छ । साथै २०७८ पुस मसान्तसम्ममा स्नातकोत्तर सकिसकेका नर्सहरुलाई परिषदमा विशेषज्ञ दर्ता गराउन आग्रह गरेको छ ।

नागरिकता प्रमाणपत्र, शैक्षिक योग्यताका प्रमाण पत्र तथा तोकिएका शुल्क बैंकमा जम्मा गरेको भौचर संलग्न गरी दर्ता फाराम भर्न भनिएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्