प्रचण्ड र माधब नेपालले एमसीसीबारेमा भ्रम छरेको काँग्रेस नेता पौडेलको आरोप – Kanika Khabar
Monday, May 6Nepali News Portal

प्रचण्ड र माधब नेपालले एमसीसीबारेमा भ्रम छरेको काँग्रेस नेता पौडेलको आरोप

    मा प्रकाशित

माघ २३, काठमाडौँ ।
सत्तारुढ ५ दलीय गठबन्धनका संयोजक एवं नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीबारे जनतामा भ्रम छरेको आरोप लगाउनुभएको छ ।

नेपाली काँग्रेस गण्डकी प्रदेश समितिको कार्यालय उद्घाटन गर्दै नेता पौडेलले प्रचण्ड र नेपालका कारण एमसीसी गिजोलिएको दाबी गर्नुभयो ।

एमसीसीबारे जनतालाई कन्भिन्स गराउनुपर्ने भन्दै उहाँले मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको समयमा सधै विदेशीको ऋण लिएर नहुँने धारणा राख्नुभयो । एमसीसीबारे देखिएको अलमल चिरेर गठबन्धन जोगाउनुपर्ने उहाँको धारणा थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्