जुम्लामा हिउँमा फसेकाहरूलाई प्रदेश सरकारले पठायो खाद्यान्न – Kanika Khabar
Sunday, May 5Nepali News Portal

जुम्लामा हिउँमा फसेकाहरूलाई प्रदेश सरकारले पठायो खाद्यान्न

    मा प्रकाशित

माघ २३, जुम्ला ।
कर्णाली प्रदेश सरकारले जुम्लामा हिउँमा फसेकाहरूलाई हेलिकप्टरमार्फत राहत सामग्री पु¥याएको छ ।

जुम्लाको गाग्रा लेकको विभिन्न ठाउँमा ५५ जना हिउँमा फसेको जानकारी आएपछि हेलिकप्टरमार्फत खाद्यान्न पु¥याइएको आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तर्गतको विपद् शाखाका कृष्णबहादुर रोकायले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच फिट जति हिउँ परेको र त्यहाँ हेलिकप्टर अवतरण गर्न सक्ने अवस्था नभएपछि तत्कालका लागि खानेकुरा मात्र खसालिएको छ ।

उनीहरुलाई तीन दिनको लागि पुग्ने खाद्यान्न सामग्री पु¥याइएको उहाँले बताउनुभयो । घाम लाग्दै गएकाले तीन दिनभित्र हिउँ पग्लिएर फसेकाहरु आफ्नै घर फर्कन सक्नेछन् । सेतो चिनी सङ्कलन गर्न पुगेकाहरु हिउँमा फसेका पनि रोकायले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्