शीर्ष तीन नेताको बैठक : परिणाम शून्य – Kanika Khabar
Monday, May 6Nepali News Portal

शीर्ष तीन नेताको बैठक : परिणाम शून्य

    मा प्रकाशित

कनिका डेस्क
माघ २३, दाङ ।
बहुचर्चित एमसीसीलाई प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पठाएको पत्र बाहिरिएपछि एकाएक उठेका राजनीतिक छाललाई सन्तुलनमा ल्याउन आज दिनभरजसो शीर्ष नेताहरु व्यस्त रहे । प्रायः शीर्ष नेताहरुको छलफलमा सहभागी नभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि आजको राजनीतिक तरङ्गले छलफलको रिङभित्र सहभागी गरायो ।

 

आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबिच भएको छलफल निष्कर्षविहीन टुङ्गिएको छ । झण्डै दुई घण्टा भएको छलफलमा प्रधानमन्त्रीले एमसीसी यसै संसद्को अधिवेशनबाट अगाडि बढाउनुपर्ने प्रस्ताव गरे पनि प्रचण्डले पहिले संसद् खुल्नुपर्ने, एमसीसी चुनावपछि आवश्यक संशोधनपछि मात्र राष्ट्रिय सहमति निमार्ण गरेर पारित गर्नुपर्ने धारणा राखेका थिए।

 

एमाले अध्यक्ष ओलीले पहिला सत्ता गठबन्धन स्पष्ट हुन आवश्यक रहेको बताएका थिए । उनले गठबन्धन आफै अस्पष्ट र अनिर्णित भएर प्रतिपक्षलाई सहयोग माग्नु त्यति उचित नहुने धारणासमेत व्यक्त गरेका थिए।

 

ओलीले एमालेले कारवाही गरेका १४ जना माधव नेपाल पक्षधर सांसद संसद्मा राखेसम्म बैठक चल्न नसक्ने र सभामुख नसच्चिएसम्म बैठक चल्न नसक्ने पुरानै अडान राखका थिए।

 

बैठकमा सहभागी एक नेताले खबरहबसँग कुराकानी गर्दै आजको बैठकले कुनैपनि विषयमा निष्कर्ष निकाल्न नसकेको बताए।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्