उपत्यकामा फागुन १ देखि विद्यालय खुल्ने, आज रातिबाट हट्यो जोरबिजोर प्रणाली – Kanika Khabar
Monday, May 6Nepali News Portal

उपत्यकामा फागुन १ देखि विद्यालय खुल्ने, आज रातिबाट हट्यो जोरबिजोर प्रणाली

    मा प्रकाशित

माघ २३, काठमाडौँ ।
काठमाडौँ उपत्यकामा आगामी फागुन १ गते विद्यालय तथा कलेज सञ्चालन हुने भएका छन् । काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले आगामी फागुन १ गतेदेखि विश्वविद्यालय, कलेज, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने जनाएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिस अनुसार उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) को प्रशासन कार्यालयले आइतबार मध्यराति सवारी साधानमा जोर बिजोर हटाउने निर्णय गरेको हो ।

आज आइतबार सिसिएमसीले गरेको सिफारिसलाई उपत्यकाका जिल्ला प्रशासन कार्यालयले निर्णय गरेका हुन् । खोप लगाएका बालबालिकाहरुका लागि पूर्ण रुपमा पठनपाठन गर्न सकिने भए पनि १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

सबै परीक्षाहरु जेड आकारमा फागुन १ गतेदेखि सञ्चालन गर्न सकिने सूचनामा उल्लेख छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्