माइती नेपालद्वारा कृष्णनगरमा सार्वजनिक छलफल कार्यक्रम सम्पन्न – Kanika Khabar
Sunday, May 5Nepali News Portal

माइती नेपालद्वारा कृष्णनगरमा सार्वजनिक छलफल कार्यक्रम सम्पन्न

    मा प्रकाशित

No description available.

कृष्णनगर, माघ २३ ।

मानव वेचबिखनवाट पीडित तथा प्रभावितहरूको सहयोगका लागि वर्षिक सार्वजनिक छलफल कार्यक्रम कृष्णनगर नगरपालिकाले सम्पन्न भएको छ ।

कृष्णनगर नगरपालिकाको आयोजना तथा हाम्रो सम्मान परियोजनाको सहयोग र कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रराम चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो िकार्यक्रममा शुभकामना मन्तव्य कृष्णनगर नगरपालिका महिला तथा वालबालिक शाखा प्रमुख थुमादेवी उपाध्यायले राख्नुभयो ।

विभिन्न संघ संस्था, प्रहरी, मानव वेचबिखनवाट पीडित व्यक्ति, कर्मचारी, पत्रकार, समाजसेवी लगायत अन्य सरोकार वाला हरूको बिचमा मानव वेचबिखनवाट पीडित तथा प्रभावित हरूको सहयोगका लागि के कस्ता उपाय हरू अपनाउन सकिन्छ भन्ने बिषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा मानव बेचविखनका कारणहरू, मानव बेचविखनबाट हुने असर, मानव बेचविखन नियन्त्रणका उपायहरू, मानव बेचविखन बिरूद्ध माइती नेपालले गरेका पहलहरु, उद्धार एवम् पुनरागमन प्रक्रिया, बालश्रम, कार्य स्थलमा हुन सक्ने यौन दुर्व्यवहारहरू, सेवा स्तरमा हुन सक्ने यौन शोषणका कुराहरु लगायत अन्य बिषयमा माइती नेपाल रूपन्देही तथा कपिलवस्तु जिल्लाकी कार्यक्रम संयोजक माया क्षेत्रीले प्रकाश पार्नुभयो ।

कार्यक्रममा व्यवस्थापनको भुमिका माइती नेपाल द्वारा संचालित हाम्रो सम्मान परियोजना कपिलवस्तु जिल्ला फिल्ड संयोजक विकाश श्रीवास्तवले गर्नुभयो । कार्यक्रम संचालन इश्वरी प्रसाद पौडेलले गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्