लमजुङमा भूकम्पको धक्का महसुस – Kanika Khabar
Sunday, May 5Nepali News Portal

लमजुङमा भूकम्पको धक्का महसुस

    मा प्रकाशित

लमजुङ, माघ २३ ।
लमजुङमा पुनः भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको दोर्दी गाउँपालिका–८ बन्सार केन्द्र विन्दु भएर आज हपराह्न ३ः२७ बजे तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको स्थानीयवासीले बताएका छन् । जिल्लामा यसअघि क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर यही माग १३ गते राति १० बजेर ३४ मिनेट जाँदा २।५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

गत जेठ ५ गतेयता महिनैपिच्छे भूकम्पका धक्का महसुस हुने गरेको छ । सो यता हालसम्म साना ठूला गरेर १५० भन्दा बढी पटक भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्