क्वारअन्टिनमा महिला बलात्कारमा संलग्न तीन जनालाई थप ७ दिन हिरासतमा राख्ने अदालतको आदेश – Kanika Khabar
Thursday, March 28Nepali News Portal

क्वारअन्टिनमा महिला बलात्कारमा संलग्न तीन जनालाई थप ७ दिन हिरासतमा राख्ने अदालतको आदेश

    मा प्रकाशित

कनिका खबर
असार २, धनगढी ।

कैलालीको एक क्वारअन्टिनकी महिलालाई बलात्कार गरेको आरोपमा संलग्न तीन जानाई थप ७ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, कैलालीले करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि ७ दिनको म्याद दिएको हो ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा लम्कीचुहा नगरपालिका–१ स्थित शहीद स्मृति माविको क्वारेन्टिनबाट स्थानीय २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्ष्मण विक र १८ वर्षीय सर्जन विकलाई शुक्रबार पक्राउ गरेको थियो ।

पक्राउ परेका मध्ये किशोर स्वास्थ्यकर्मी स्वयम्सेवक हुन् । अन्य पनि क्वारेन्टिनमा खटिएका स्वयम्सेवक हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्