खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि मनाङ र फ्रेन्ड्स खेल्दै – Kanika Khabar
Wednesday, May 15Nepali News Portal

खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि मनाङ र फ्रेन्ड्स खेल्दै

    मा प्रकाशित

फागुन २८, दाङ ।
पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि अन्तिम खेल हुँदैछ ।धनगढी रङ्गशालामा हुने आजको अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

 

मनाङ र फ्रेन्ड्सबीचको खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ ।आजको खेलमा दुबै टोली जित निकाल्दै उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।सर्वाधिक धनराशीको प्रतियोगिता विजेताले २१ लाख नगद प्राप्त गर्नेछन् भने उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछन् ।पहिलो सेमिफाइनलमा हिमालयन शेर्पालाई पेनाल्टीमा ४–२ गोल अन्तरले हराउँदै मनाङ फाइनल प्रवेश गरेको हो भने दोस्रो सेमिफाइनलमा बागमती युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै फ्रेन्ड्सले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

 

सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्