दङ्गीशरणमा रास्ट्रपति रनिङ शिल्ड हुँदै – Kanika Khabar
Thursday, May 16Nepali News Portal

दङ्गीशरणमा रास्ट्रपति रनिङ शिल्ड हुँदै

    मा प्रकाशित

लक्ष्मण बस्नेत                                                            फागुन ३० दाङ । दङ्गीशरण गाउँपालिका स्तरिय चौथो तथा १४औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७८ भोलि मंगलवार देखि सुरु हुदैछ । दङ्गिशरण गाउँपालिकाको आयोजना तथा बिरेन्द्र मा.बि. हेकुलीको संयोजनमा संचालन हुने प्रतियोगिताको उद्घाटन बिहान १० बजे गर्ने कार्यक्रम रहेको छ । तीन दिन सम्म संचालन हुने प्रतियोगितामा फिल्ड तर्फ भलिबल,कबडी, छात्र/छात्रा त्यस्तै ऎथ्लेटिक्स ट्रयाक तर्फ १००,२००,४००,८००,१५००,३००० मिटर छात्र / छात्रा दौड,१०० गुणा ४०० र ४ गुणा ४०० छात्र/छात्रा रिले दौड तथा फिल्ड तर्फ हाईजम्प,लङजम्प,त्रीपलजम्प,ज्याभलिङ थ्रो र सटपुट छात्र/छात्रा बिच कडा प्रतिस्पर्धा हुने दङ्गिशरण गाउँपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख बिनोद अधिकारीले जानकारी दिनुभएकोछ । प्रतियोगितामा दङ्गिशरण गाउँपालिका क्षेत्रका सामुदायिक तथा निजि गरि ८ बिधालयको सहभागिता रहनेछ भने बिधालयमा कक्षा १२ सम्म अध्ययन गर्ने १८ बर्ष उमेर सम्मका छात्र/छात्रा ले मात्र भाग लिन पाउनेछ्न् ! गाउँपालिका अध्यक्ष भागी राम चौधरीको अध्यक्षतामा फागुन २३ गते बसेको बैठकले चैत १ देखि ३ गते सम्म रनिङ शिल्ड प्रतियोगिता संचालन गर्ने निर्णय गरेको दङ्गीशरण गाउँपालिका शिक्षा युवा तथा खेलकुद महाशाखा प्राबिधिक सहायक उमा केसिले जानकारी दिनुभएको छ । बैठकले प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो स्थान हासिल गर्ने बिधालय लाई क्रमशः २०,१५, र १० हजार पुरस्कार राशी प्रदान गर्ने निर्णय गरेको छ ! त्यस्तै बैठकले प्रथम, दोस्रो र तेस्रो गाउँपालिका स्तरिय रनिङ शिल्ड प्रतियोगिता पुर्ण रुपमा सार्थक र परिणाममुखी बनाउन सफल भएको निष्कर्श निकाल्दै यतिबेला चौथो रनिङ शिल्ड प्रतियोगिता लाई अझ मर्यादित र भब्य बनाउन गाउँपालिका लागि परेको गाउँपालिका अध्यक्ष भागीराम चौधरीले बताउनु भयो । हामीले रनिङ शिल्ड प्रतियोगितालाई खेलकुद महोत्सवका रुपमा लिएका छौ यो बालबालिकाको सर्वाङ्गिन बिकास संग जोडिएको विषय हो त्यसैले गाउँपालिकामा रहेका ५ वटा सामुदायिक बिधालय लाई आन्तरिक तयारीका लागि सहयोग स्वरुप गाउँपालिकाले छुट्याएको ६० हजार रुपैयाँ १२ हजारका दरले प्रदान गरेको समेत अध्यक्ष चौधरीले बताउनु भयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्