आत्महत्या गरेकी एक युवतीमा कोरोना संक्रमण – Kanika Khabar
Friday, May 1Nepali News Portal

आत्महत्या गरेकी एक युवतीमा कोरोना संक्रमण

    मा प्रकाशित

कनिका डेस्क
असार ३, दाङ
सुर्खेतको सिम्ता गाउँपालिकामा आत्महत्या गरेकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

घर नजिकै झुण्डिएर आत्महत्या गरेकी सिम्ता गाउँपालिका ८ कि २५ वर्षीय युवतीमा कोरोना पुष्टि भएको कर्णाली सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

असार १ गते आत्महत्यापछि पोष्टमार्टम गर्नुअघि कोरोना परीक्षण गर्दा बुधबार संक्रमण पुष्टि भएको तिवारीले जानकारी दिए । सिम्ताकै एक क्वारेन्टिनमा १४ दिन बसेर घर फर्किदा उनको आरडीटी रिपोर्ट नेगेटिभ आएको थियो।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्