पाँचौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप अन्तिम चरणमा, देशभरबाट खेलाडी सहभागी हुँदै – Kanika Khabar
Thursday, May 16Nepali News Portal

पाँचौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप अन्तिम चरणमा, देशभरबाट खेलाडी सहभागी हुँदै

    मा प्रकाशित

दाङ,३ चैत ।

पाँचौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ । प्युठान जिल्लाको माण्डवी गाउपालिकामा यही चैत्र ५, ६ र ७ गते हुन थालेको बृहत पाँचौ राष्ट्रिय हाप्किडो प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

नेपाल मार्शल आर्ट्स हाप्किडो संघ प्युठान जिल्लाको आयोजना तथा माण्डवी गाउपालिकाको सहयोगमा प्रतियोगीता सञ्चालन हुने थालेको कार्यक्रम संयोजक टेकराज केसीले जानकारी दिएका छन । उनका अनुसार प्युठान जिल्लामा राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता यो पहिलो पटक भएको बताए ।

जिल्लालाई खेलकुद मार्फत राष्ट्रमा चिनाउने, खेलाडीको कला र सिपलाई विकास गर्दै उत्कृष्ट प्रदर्शन गराउने, खेल पर्यटनको बिकास गर्ने र खेलप्रति सकारात्मक सोचको विकास गर्ने उद्देश्यले राष्ट्रियस्तरको प्रतियोगीता सञ्चालन गर्न थालिएको संयोजक केसीले बताए । सहर केन्द्रित मात्रै हुने राष्ट्रियस्तरका प्रतियोगिताहरुलाई ग्रामीण क्षेत्रमा पनि सञ्चालन गर्दै माण्डवी गाउँपालिकालाई देशभरी परिचय दिनको लागी प्रतियोगीताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।

प्रतियोगिता तयारीको लागि नेपाल मार्शल आर्ट्स हाप्किडो संघको केन्द्रीय सहायक प्रमुख प्रशिक्षकद्वय भुवन बुढा मगर र प्रविण गुरुङलगायत प्रदेश नम्बर ३ को जिल्ला काभ्रे, सिन्धुली, नुवाकोट, रामेछाप, धादिङ, सिन्धुपाल्चोक, मकवानपुर, चितवन र काठमाँडौदेखि डेमोस्ट्रेसनको टिम २ गते नै प्युठानमा आइपुगेको आयोजकले जनाएको छ ।

चैत्र ५ गतेदेखि ७ गतेसम्म ३ दिन सञ्चालन हुने उक्त प्रतियोगीतामा प्रदेश नंं. १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र नेपाल प्रहरी स्कुल गरी ८ टिमको सहभागीता हुने आयोजकले बताएको छ । प्रतियोगीतामा महिला र पुरुषको तौल समूहबिच प्रतिसप्रर्धा हुनेछ । चैत्र ५ गते शनिवार १२ बजे माण्डवी गाउपालिकाको जसपुर चोकबाट झाकीसहितको बृहत ¥याली निकालिने भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्