काङ्ग्रेसमा प्रवेशकाे लहर : एमाले नगर सदस्य र माओवादी केन्द्रका पूर्ववडा अध्यक्ष प्रवेश – Kanika Khabar
Saturday, May 4Nepali News Portal

काङ्ग्रेसमा प्रवेशकाे लहर : एमाले नगर सदस्य र माओवादी केन्द्रका पूर्ववडा अध्यक्ष प्रवेश

    मा प्रकाशित

दाङ, ३ चैत्र । नेकपा एमाले नगर कमिटी सदस्य जंगबहादुर वली र नेकपा माओवादी केन्द्रका (साविक तुलसीपुर नगरपालिका वडा नं. ७) का पूर्व वडा अध्यक्ष खिमबहादुर वली नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

घर–घर जाऊ काग्रेस जिताऊ अभियान अन्तर्गत नेपाली काग्रेस क्षेत्र नं. ३ ले तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा नेकपा एमाले नगर कमिटी सदस्य जंगबहादुर र नेकपा माओवादी केन्द्रका खिमबहादुर नेपाली काग्रेसमा प्रवेश गरेका हुन ।

कम्युनिष्ट पाटीले कृषक तथा निमुखाहरुको आवज उठाउनुको साटो पुजिबादी र दलालहरुले मात्र कम्युनिष्ट पार्टी चलाएकोले भन्दै पार्टी परित्यग गरी नेपाली काग्रेसमा प्रवेश गरेको बताएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा घरघर जाऊ काग्रेस जिताऊ अभियानका दाङ जिल्ला प्रतिनिधि चन्द्रबहादुर केसी, केन्द्रीय सदस्य गेहेन्द्र गिरी, दाङ जिल्ला सभापति शंकर डाँगी, क्षेत्र नं. ३ का सभापती जगत बहादुर खड्का, प्रदेश सभा सदस्य शंकर गिरीलगायका नेताहरुले पाटी प्रवेश गराएका थिए ।

पाटी प्रवेश नेपाली कागे्रस तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ इकाईको समनव्यमा भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्