अफगानिस्तानमा रहेको मिसनलाई थप एक वर्ष खटाउने प्रस्ताव स्वीकृत – Kanika Khabar
Saturday, May 4Nepali News Portal

अफगानिस्तानमा रहेको मिसनलाई थप एक वर्ष खटाउने प्रस्ताव स्वीकृत

    मा प्रकाशित

एजेन्सी ।
संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले अफगानिस्तानमा रहेको मिसनलाई थप एक वर्ष खटाउने प्रस्ताव स्वीकृत गरेको छ । यो प्रस्तावसँगै त्यहाँ राष्ट्रसङ्घको मिसनमा निरन्तरताकोे बाटो खुलेको बीबीसीले जनाएको छ ।

 

मिसनले त्यहाँको मानवीय, राजनीतिक तथा मानव अधिकारको क्षेत्रमा सहयोग गर्ने खबरमा उल्लेख छ । उक्त प्रस्तावको पक्षमा १४ देशले मत दिएका थिए भने रुस अनुपस्थित थियो । पत्रकार, महिला तथा बालबालिकाको सुरक्षा पनि यसमा समावेश छ । यसअघि गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसङघले अफगानिस्तानमा रहेको सहायता मिसन अनमिनलाई ६ महिना थप गर्ने निर्णय गरेको थियो ।

 

तालिबानीले अफगानिस्तान नियन्त्रणमा लिएसँगै थप अनिश्चितता र अस्थिरतातर्फ गएको भन्दै १५ सदस्यीय राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले अनमिनको अफगानिस्तान मिसनको म्याद थप गरेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्