कालिकोटमा पछिल्ला वर्षमा बालविवाहको घटनामा कमी आउँदै – Kanika Khabar
Saturday, May 4Nepali News Portal

कालिकोटमा पछिल्ला वर्षमा बालविवाहको घटनामा कमी आउँदै

    मा प्रकाशित

हस्त चौलागाँई
चैत्र ५, कालिकोट ।
कालिकोटमा पछिल्ला वर्षमा बालविवाहको घटनामा कमी आउन थालेको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार गत आर्थिक वर्षमा २ वटा मात्रै वालविवाहको उजुरी परेको थियो ।

 

चालु आर्थिक वर्षमा हालसम्म पनि कुनै पनि उजुरी नपरेको कालिकोट प्रहरीले जनाएको छ । कालिकोटमा वालविवाह कम हुँदै जानुमा बाल क्लब, बालअभियान्ता र बाल पत्रकारहरूको भूमिकालाई महत्वपूर्ण मानिएको छ । शुभकालिका गाउँपालिका वडा नम्बर ८ का कमल तिमल्सेनाले साथीहरूसँग मिलेर बालक्लब मार्फत बालविवाह अन्त्यका लागि सूचना दिने र जागरण फैलाउने काम गरिरहेको बताउनुभयो । कालिकोटमा रहेका अन्य वालक्लव र अभियान्ताहरूले पनि बालविवाह अन्त्यको लागि भूमिका खेलेका छन् ।

 

विभिन्न गैह्र सरकारी संस्थाको सहयोगमा कालिकोटका बालअभियानताहरूले पत्रकारिताको आधारभूत तालिम पनि लिएका छन् । जसका कारण सामुदायिक रेडियोमा समुदाय स्तरको समाचार टिपाउन र बालविवाह विरुद्धको अभियान चलाउन पनि सजिलो भएको शुभकालिका गाउँपालिका ३ का पार्वती अधिकारीले बताउनुभयो । कालिकोटको तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकामा मात्रै १ सय १९ वटा बालक्लव छन् जसमा ३ हजार ६ सय ८२ जना बालबालिका आवद्ध रहेका छन् ।

 

उनीहरू अहिले पढाइ सँगसँगै बालविवाह, छुइ प्रथा, जातिय विभेद देखि अन्य सामाजिक विभेद बिरुद्धमा वकालत गरिरहेका छन् । बालबालिकाको यो अभियानले प्रहरीलाइ पनि सजिलो भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख सिद्धराज न्यौपानेले बताउनुभयो ।

 

आफ्नै उमेर समूहका साथीभाईलाई पर्ने समस्या बुझ्ने, समाधानको लागि छलफल गर्ने र सरोकारवालाको साथ लिने काम पनि बालबालिकाले गरिरहेका छन् । बाल अभियान्ताहरू बालविवाह सँगै जातिय छुवाछुत, महिला हिंसा, लैङ्गिक विभेद, लगायत समाजमा रहेका गलत अभ्यास अन्त्यका लागि एकजुट बनिरहका छन् ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्