विश्वका खुशी देश : नेपाल ८५ औँ सूचिमा, दक्षिण एसियामा पहिलो स्थानमा – Kanika Khabar
Saturday, May 4Nepali News Portal

विश्वका खुशी देश : नेपाल ८५ औँ सूचिमा, दक्षिण एसियामा पहिलो स्थानमा

    मा प्रकाशित

चैत्र ५, दाङ ।
वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२२ सार्वजनिक भएको छ । रिर्पोटमा नेपाल विश्वकै सबैभन्दा खुसी देशको सूचीमा ८५ औँ स्थानमा रहेको छ । विश्वको ८५ औँ स्थानमा रहेको नेपाल दक्षिण एसियामा भने पहिलो स्थानमा राखेको हो ।

फिनल्यान्ड फेरि एक पटक विश्वकै सबैभन्दा खुसी देश साबित भएको छ । वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुसी देश घोषित भएको हो । वर्ल्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै सबैभन्दा खुसी देश बन्न सफल भएको हो ।

 

सूचीमा नेपालभन्दा तीन स्थानमाथि अर्थात् ८२ औँ नम्बरमा चीन छ भने युक्रेनमाथि हमला गरिरहेको रुस ७४ औँ स्थानमा छ । रुसी हमलामा परेको युक्रेन १०८ औ स्थानमा छ।

 

सूचीअनुसार अफगानिस्तान विश्वकै सबैभन्दा दुःखी देश बनेको छ। अफगानिस्तानपछि लेबनान र जिम्बाबे छ। भुटानलाई प्राविधिक कारण सूचीमा राखिएको छैन ।

प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक समर्थन, स्वस्थ औसत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको धारणाहरू जस्ता विभिन्न तत्त्वहरूका आधारमा विश्व खुसी प्रतिवेदनले सामान्यतया १५० देशहरूलाई क्रमबद्ध गर्दछ ।

सूचीमा डेनमार्क र आइसल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । त्यस्तै, स्वीट्जरल्यान्ड चौथो स्थानमा छ भने नेदरल्यान्ड्स र लक्जमवर्ग क्रमशः पाँचौँ र छैटौँ स्थानमा छ। स्विडेन, नर्वे र इजरायल क्रमशः सातौँ, आठौँ र नवौँ स्थानमा छन् भने र न्यु जिल्यान्ड दशौँ स्थानमा छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्