बालबालिकालाई संस्कारको अर्थ बुझाऔँ : चलचित्रकर्मी घिमिरे – Kanika Khabar
Saturday, May 4Nepali News Portal

बालबालिकालाई संस्कारको अर्थ बुझाऔँ : चलचित्रकर्मी घिमिरे

    मा प्रकाशित

No description available.कनिका डेस्क
चैत्र ५, दाङ ।
वरिष्ठ चलचित्रकर्मी तथा निर्देशक तुलसी घिमिरेले बालबालिकालाई संस्कार बुझाउनुपर्ने बताएका छन् । हिन्दू धर्मको संरक्षणका लागि हिन्दू संस्कार संस्कृतिको अर्थ नयाँ पीढिंलाई बुझाउन जरुरी रहेको बताए ।
हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले आयोजना गरेको ‘प्रबुद्ध नागरिक गोष्ठि एवं साहित्य परिचय कार्यक्रम’ लाई सम्बोधन गर्दै घिमिरेले हिन्दू धर्म स्थापनाको लागि हिन्दू धर्मको महत्व बुझाउन आवश्यक रहेको बताए ।

कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका घिमिरेले ‘हाम्रा संस्कार संस्कृतिसँग जोडिएको अर्थ र महत्व बुझाउन जरुरी छ ।’ उनले थपे, ‘दसै, तिहार लगायतका पर्वसँग जोडिएका महत्वलाई अबको नयाँ पीढिलाई सिकाऔँ, हाम्रा संस्कार संस्कृतिसँग जोडिएका महत्व आफैमा वैज्ञानिक छन् । यही महत्वले हाम्रो हिन्दूत्वको संरक्षण गर्छ । नेपालमा रहेका हिन्दूहरुले एकै पटक हिन्दूत्वको नारा लगाउने हो भने धर्म निरपेक्षता आफै भाग्दछ । यसका लागि एकता र इच्छाशक्ति आवश्यक छ ।’

No description available.

कार्यक्रमको जानकारी दिैदै हिन्दु स्वयंसेवक दाङका संघ चालक किशोरचन्द्र गौतमले धर्म निरपेक्षतासँगै हिन्दूको अस्तित्व समाप्त हुन थालेकोले अस्तित्व बचाउने दायित्वबोध गर्ने बेला आएका बताएका थिए । उनले भने, ‘ हाम्रो अस्तित्व संरक्षणको जिम्मा हाम्रो काँधमा आएको छ, अस्तित्व संरक्षणका लागि अब हिन्दू राष्ट्र स्थापना गर्न आवश्यक छ । हिन्दू राज्य स्थापनाका निम्ति योजनावद्ध क्रियाकलापको आवश्यक रहेको छ । अब योजनावद्ध क्रियाकलापका आधारहरु स्थापना गरौँ, हिन्दू राज्य असम्भव छैन ।’
संघ चालक गौतमले अब आवश्यक विषयप्रति गम्भीर हुन जरूरी रहेका बताए । धर्म निरपेक्ष जवरजस्ती लादिएको बताउँदै नेताहरूको सत्तामोह र सत्ता दिलाइदिने विदेशीहरूको चलखेलले हिन्दू धर्म संकटमा परेको पनि बताए । अबको समयको माग, युगको माग हिन्दू धर्म बचाउनु रहेकोले अभियानलाई निरन्तरता दिन सबैलाई आग्रह गरे ।

त्यस्तै कार्यक्रमलाई संघका प्रचारक विपुल दाहाल, संघका काठमाडौँ विभागका कार्यवा तुल्सी न्यौपाने, नेपाल संस्कृत विश्व विद्यालय सेवा आयोगका पूर्व अध्यक्ष लेखनाथ आचार्य लगायतले सम्बोधन गरेका थिए ।

 

अभियानका अध्यक्ष गणेश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अभियन्ता डिल्ली पण्डितले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण अभियन्ता शरदकुमार शर्माले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्