दाङ महोत्सव : प्रदर्शनीमा हाउस फूल – Kanika Khabar
Saturday, May 4Nepali News Portal

दाङ महोत्सव : प्रदर्शनीमा हाउस फूल

    मा प्रकाशित

दाङ ५ चैत ।
दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन भइरहेकोे दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ मा दशौ दिन शनिवार अत्याधीक भिड रहेको थियो । प्रदर्शनी आयोजना गरेको स्थल पुरै भरिएको थियो । भिड बढी भएकाले व्यवस्थापन गर्ने समेत हम्मे हम्मे परेको थियो । दर्शकको वढी संगै व्यापार व्यवसाय पनि बढेको थियो । शनिवार विद्यार्थीहरुको वढी आएका थिए । प्रदर्शनीमा शनिवार लघु रुद्री पाठ तथा हवन गरिएको छ । २१ जना बटुकद्वारा लघु रुद्री पाठ गरिएको हो ।

प्रदर्शनीमा दैनिक दर्शकको आषर्कण बढदै गएको छ । दिउसो चर्को घामको पनि प्रभाव नगरि उनीहरु रमाउने गरेका छन् । विहान देखि साँझ सम्म नै कलाकारहरु संगै रमाउने गरेका छन् । प्रदर्शनीमा दैनिक नागरिकहरुको सहभागिता वढदै गएको मुल आयोजक समितीले जनाएको छ । प्रदर्शनीको दशौै दिन पनि साँझ सम्म पनि दर्शकको उल्लेखीय सहभागिता रहेको थियो । प्रदर्शनीमा रहेका पसलहरुमा ग्राहकको भिड रहेको थियो । ग्राहकले आफुलाई आवश्यक पर्ने सामग्रीहरु खरिद गरेर लग्ने गरेका छन् ।

प्रदर्शनीमा आएका राष्ट्रिय कलाकारहरु तथा स्थानिय कलाकारहरुलाइ नाचेर साथ दिएका थिए । चर्को घामको प्रवाह नगरी नागरिकहरु कलाकारहरु संगैसंगै रमाएका थिए । दर्शकहरुलाई घाम बाट बचाउन टेन्ट र बस्नका लागि दरीको समेत व्यवस्था गरिएको छ । यसले दर्शकहरुलाइ बस्न समेत सहजता भएको छ । प्रदर्शनीमा शनिवार विष्णु खत्री, नरेश खाती, रिता केसी, शेखर घर्ती मगर, याङसु श्रेष्ठ, देवेन्द्र वस्नेत, उमादेवी खनाल तथा स्थानीय कलाकाहरुले प्रस्तुती राखेका थिए । आइतवार शिव परियार, सन्दीप न्यौपाने, रिता रावत, मालती घले, प्रेमविवश घर्ती, टोपेन्द्र विष्ट, उमादेवी खनाल साथै अन्य कलाकारहरुको प्रस्तुती रहने आयोजक समितिले जनाएको छ ।

May be an image of 3 people, people sitting, people standing and outdoors

प्रदर्शनीमा बालवालिकाहरु बाल उद्यान्नमा रमाउने गरेका छन् । संघको आयोजनामा ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, पर निर्भर मुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ यही फागुन २६ गते देखि चैत ८ गते सम्म घोराही उपमहानगरपालिका वडा नं १४ को झिगौरामा प्रदर्शनी सञ्चालन भइ रहेको छ । प्रदर्शनीमा ५ लाखले अवलोकन गर्ने तथा २० करोड बढीको कारोवार हुने मुख्य आयोजक समितीले जानकारी दिएको छ ।

त्यसैगरेर लोक दोहोरी प्रतियोगीता पनि सञ्चालन भइ रहेको छ । भने आइतवार खुल्ला कविता प्रतियोगीता हुने भएको छ । यसैगरेर प्रदर्शनीको अवसरमा हेलीकप्टर मार्फत लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशमा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन गरिर रहेका छन् । सबै भन्दा वढी स्वर्गद्धारी जानेहरुको संख्या बढी रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्