लोपोन्मुख जातिको बारेमा वृत्तचित्र निर्माण गरिने – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

लोपोन्मुख जातिको बारेमा वृत्तचित्र निर्माण गरिने

    मा प्रकाशित

अमरक्षितिज भण्डारी
दाङ, १६ चैत । लुम्बिनी प्रदेशका लोपन्मुख जातिहरूको लोक–संस्कृतिको बारेमा वृत्तचित्र निर्माण गरिने भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले लोपन्मुख जातिको बारेमा वृत्तचित्र निर्माण गर्न लागेको हो ।

प्रदेश सरकारको सयहयोगमा सो वृत्तचित्र निर्माण गर्न लागेको मुख्य अध्ययता संस्कृतिवृद डा गोविन्द आचार्यले बताए । सो जातिको लोकगीत तथा लोकसंगीत अध्ययन गरेर अनुसन्धानात्मक पुस्तक तथा वृत्तचित्र तयार पारी उनीहरूको कला, संस्कृतिको प्रबद्र्धन गरिने डा आचार्यले बताए । लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका बादी, रैदास(चमार), गन्धर्व, दमाई, कुसुण्डा, किङ्गरिया, नट आदि जातिको लोकगीत तथा लोकसंगीतमा अध्ययन गरिने उनले बताए ।

यसैबीच नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले दाङमा रहेका बादी, दमाई र रैदास(चमार) समुदायसँग लोक संस्कृतिको बारेमा छलफल, अनुसन्धानात्मक पुस्तकको अध्ययन तथा वृत्तचित्रको लागि छायाँङ्कन गरेको छ । प्रतिष्ठानका सदस्य तथा वरिष्ठ लोक गायिका हरिदेवि कोइरालाले संकटपूर्ण अवस्थामा रहेको लोकसंस्कृतिको जगेर्ना गर्न आवश्यक भएको बताइन् ।

कला संस्कृतिको सरक्षण भएन भने त्यो जाति नै संकटमा पर्छ’, उनले भनिन्, ‘त्यसको लागि लोपोन्मुख जातिको कला–संस्कृतिको प्रम्बद्र्धनमा प्रतिष्ठानले काम गर्ने गरेको छ ।’ प्रतिष्ठानले जिल्लाका रक्षाचौरका बादी समुदाय, मोतीपुरका गन्धर्व समुदाय र पहरूवाका रैदास(चमार) समुदायसँग छलफल गरेको डा आचार्यले वताए ।

डा आचार्यकाअनुसार गन्धर्व समुदायका सारँगी, रैदास (चमार) समुदायको हाहाकार बाजा तथा विभिन्न पर्व र उत्सवमा गाउने गीतहरूका बारेमा प्रतिष्ठानको टोलीले जानकारी लिएको थियो । यस अघि प्रतिष्ठानको टोलीले कपीलवस्तुमा रहेको नट समुदाय तथा बाँकेमा रहेको किङ्गरिया समुदायसँग पनि भेटघाट तथा छलफल गरेको थियो । प्रतिष्ठानले चालु आर्थिक वर्षको असारम सान्तसम्म अनुसन्धानात्मक पुस्तक तथा वृत्तचित्र तयार पार्ने जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्