चुनावी गठबन्धनका बारे छलफल गर्न सत्ता गठबन्धन बैठक बस्दै – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

चुनावी गठबन्धनका बारे छलफल गर्न सत्ता गठबन्धन बैठक बस्दै

    मा प्रकाशित
फाइल तस्बीर

चैत्र १७, दाङ ।
सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

बैठकमा स्थानीय तह निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

स्थानीय तहको चुनावमा आवश्यकता अनुसार तालमेल गर्ने निर्णय गरेको काँग्रेसले आज गठबन्धनको बैठक बोलाएको हो ।

यसअघि गत मङ्गलबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले गठबन्धनमा आवद्ध दलहरुसँग तालमेल गर्ने निर्णय गरेको थियो।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्